तुलसीपुर, २३ बैशाख । लुम्बिनी प्रदेशका पुर्व अर्थमन्त्री एवम् लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्कीले विदेशीनुपर्ने नेपाली युवाहरुकाे प्रमुख बाध्यताकाे रुपमा रहेको बताउनु भएको छ । मंगलबार तुलसीपुर प्रेस सेन्टरले आयोजना गरेको फेरि भेटाैला कार्यक्रमलाई सम्बाेधन गर्दै सरकार विदेशी रेमिटान्सले चलिरहेकाले विदेशीनु पर्ने बाध्यता बढ्दाै क्रममा रहेको बताउनुभयो ।
पश्चिम दाङलाई राजनीति तथा समग्र विकासका बिषयवस्तुलाई प्रेस सेन्टर मार्फत पहल कदम लिने सन्दर्भमा सम्भावना बाेकेका पात्र रिता केसि भएको बताउनुभयो । `महिला दाेस्राे दर्जाको नागरिक हाे´ उहाँले भन्नुभयो, छाेरी कमजोर हाे भन्ने प्रवृत्ति बुवा आमाबाट नै हुन्छ´ । समाजमा छाेरी मान्छेले केही गर्न सक्दैन भन्ने प्रवृत्तिलाई चिर्न महिला आफै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
पुर्वमन्त्री मास्कीले नेपालमा गणतन्त्र स्थापना गरेर व्यवस्था फरेता पनि नेपालकाे अवस्था फेर्न नसकेको बताउनुभयो । राज्यले अर्थतन्त्रका स्राेतहरु स्थापन गर्न नसकेको उहाँको भनाइ छ । तुलसीपुर प्रेस सेन्टरले स्थापनाकाल देखि अवस्मरणि काम गर्दै आएको बताउनुभयो । साथै तुलसीपुर प्रेस सेन्टरकी सचिव रिता केसीकाे वैदेशिक यात्रा सफल एवम् फलदायीकाे शुभकामना दिनुभयाे ।
प्रेस सेन्टर नेपाल दाङ शाखाका सचिव दिपक बाेहराले पत्रकारिता क्षेत्रमा आफ्नो हव बनाउदै आएको बताउनुभयो । तुलसीपुर प्रेस सेन्टरले पत्रकारहरुकाे हक अधिकार एवम् भविष्यकाे लागि सधैव नयाँ नयाँ कामकाे थालनी गर्दै आएको बताउनुभयो ।
फाेनिज दाङकी अध्यक्ष दिप्तिशिखा चाैधरी, युवा नेता हिमाल डागी र चलचित्र पत्रकार नेपाल दाङ शाखाकी सचिव निरला आर्यालले विदेशी यात्रा सफलताकाे शुभकामना दिनुभएको थियोे । साथै विदेशीयता पनि पत्रकारकाे कर्म नभुल्न र आफ्नो कलम सदैब चलाउने आग्रह गर्नुभएको हाे ।
तुलसीपुर प्रेस सेन्टरकि सचिव रिता केसीकाे वैदेशिक यात्रा सफल र फलदायी हाेस भनी तुलसीपुर प्रेस सेन्टरले फेरि भेटाैला कार्यक्रम आयोजना गरेको थियोे । तुलसीपुर प्रेस सेन्टरका अध्यक्ष टेकराज भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमका सहजिकरण तुलसीपुर प्रेस सेन्टरका सहसचिव कृष्ण अधिकारीले गर्नुभएकाे थियोे
