• ट्रेण्डिङ्ग :
दस महिनासम्म सरकार फेरिँदैन : गृहमन्त्री लेखक

दस महिनासम्म सरकार फेरिँदैन : गृहमन्त्री लेखक


  • 1.6K
    SHARES
    • बैशाख २५, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 2.4K Views

    दस महिनासम्म सरकार फेरिँदैन : गृहमन्त्री लेखक

    काठमाडौँ, वैशाख २५ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा ९एमाले०बिच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

    images

    बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    उहाँले आफू मन्त्री बनेको १० महिना भएको र १० महिनाको समय धेरै नरहेको बताउनुभयो । उहाँले विगतमा १० महिनामा सरकार परिवर्तन हुने स्थिति रहँदा एउटा सरकारको कार्यकाल जस्तै लाग्ने गरे पनि अहिलेको सरकार परिवर्तन नहुने जानकारी दिनुभयो । उहाँले अहिलेको सरकार १० महिनामै नफेरिने र यस्ता १० महिना तीन(चार वटा अरू पनि कट्ने बताउनुभयो ।

    गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘म मन्त्री बनेको १० महिना भइसक्यो । फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला १०—१० महिनामा सरकार फेरिन्थ्यो , त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दस महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन, चार वटा अरू बेहोर्छौँ । त्यसो भएको हुनोले १० महिना धेरै भएन ।’’

    गृहमन्त्री लेखकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले कानुनको अपूर्णताका कारण कामहरू अवरुद्ध भएको बताउनुभयो । नौ महिना यताको समयमा आफूहरूले कानुनलाई पूर्णता दिएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा