• ट्रेण्डिङ्ग :
कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना

कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना


  • 2.1K
    SHARES
    • बैशाख २७, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 3.3K Views

    कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पदः उपसभामुख राना

    काठमाडौँ, वैशाख २७ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको बताउनुभएको छ ।

    images

    काठमाडौँमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताउनुभयो ।

    नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भए पनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरु मानसिक समस्यामा पुग्ने गरेको बताउनुभयो । कुष्ठरोग औषधीको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उहाँको भनाइ छ । उहाँले अरु अशक्तहरुले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    ‘‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म रु यो धेरै परिस्कृत भयो भनेको छ कानूनले त यहाँहरुलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो । अरु रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरुका लागि पनि उहाँहरुले जे सक्नुहुन्छ वातावरण सिर्जना ग¥यो भने सरकारले त्यसलाई फण्डिङ ग¥यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरुले भत्ता पाएको छ होला ।,’’ उहाँले भन्नुभयो, ‘‘दुई लाखभन्दा बढी दर्ता भएको छ तर उहाँहरुले पाएको छैन त्यो पनि दुःख लाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको  पनि मैले पाएको छु ।’’

    उपसभामुख रानाले कुष्ठ रोगीहरुको आवाज संसदसम्म पुग्नुपर्ने बताउनुभयो । कुष्ठरोगसम्बन्धी विधेयक ल्याउन आफूले सहयोग गर्ने उहाँको भनाइ छ ।

     


    तेस्रो आँखा