तुलसीपुर, २७ वैशाख । दाङको तुलसीपुरमा डुबेर बेपता भएका किशोरको शव फेला परेको छ । तुलसीपुर-१८ हसपुरास्थित सिचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको मृत्यु भएको छ।
रुकुम पश्चिम घर भई हाल दाङको तुलसीपुर९१७ मा बसोबास गर्दै आएका १६ वर्षीय भुपेन्द्र बिक नुहाउने क्रममा ड्याममा डुबेर बेपत्ता भएका भुपेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो।
उहाँका अनुसार त्रिवेणी गाउँपालिका ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षिय बिक साथीहरू संग अम्वाखोली सामुदायिक बनको हाताभित्र निर्माण भएको कृत्रिम तालमा नुहाउन पुगेका थिए । मृतक बिकको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ । घटनाको थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।
