विविध कार्यक्रम गरि नेपाल शिक्षक संघले जेठ ३ गते स्थापना दिवस मनाउने

विविध कार्यक्रम गरि नेपाल शिक्षक संघले जेठ ३ गते स्थापना दिवस मनाउने


  • 5.6K
    SHARES
    • बैशाख २७, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 8.6K Views

    विविध कार्यक्रम गरि नेपाल शिक्षक संघले जेठ ३ गते स्थापना दिवस मनाउने

    हेमराज शर्मा
    दाङ, बैशाख २७ । नेपाल शिक्षक संघ दाङले आउँदो जेठ ३ गते शनिबारका दिन आफ्नो ३६ औ  स्थापना दिवस मनाउने निर्णय गरेको छ । 
    नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा आज शनिबार सम्पन्न बैठकले बिबिध कार्यक्रम गरि संघको स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि संघका जिल्ला सदस्य बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

    images

    स्थापना दिवसमा २०८१ बैशाख १ गतेदेखी चैत्र मसान्तसम्म सेवानिवृत्त एवं स्वेच्छिक अवकास लिनुभएका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सम्मान गर्ने र बृहत् रक्तदान कार्यक्रम संचालन गर्ने, पूर्व शिक्षक एवं शिक्षाप्रेमीको रुपमा डिल्लीबहादुर डाँगी र प्रजातन्त्र सेनानीको रुपमा शिक्षक संघ दाङका पूर्व कोषाध्यक्ष तथा प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष हरी सुवेदीलाई पनि सम्मान गर्ने लगाएतका निर्णयगरेको छ । 

    स्थापना दिवस कार्यक्रमको तयारीका लागि संघका उपाध्यक्ष दाम बहादुर बुढाथोकीको संयोजकत्वमा सचिब सुर्यबहादुर बस्नेत,सचिब अर्थ निशान्त आचार्य,सह सचिब लक्ष्मी न्यौपाने, सदस्य बालचन्द्र शर्मा,सदस्य बिमला उप्रेती र सदस्य पार्वता भुसाल रहेको तयारी समिति गठन गरेको छ ।
    बैठकमा नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेस दाङका सचिब अर्जुन कुमार योगी, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेश कुमार पाण्डेय, नेपाल शिक्षक महासंघका अध्यक्ष युबराज बस्नेत, नेपाल शिक्षक संघ संघिय कार्यसमितिका पूर्व उपाध्यक्ष
    अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनि प्रदेश सदस्य लेबेन्द्र के।सी। लगाएतकाले आफ्नो धारणा राख्नुभएको थियो । नेपाल शिक्षक संघ दाङको स्थापना दिवश बैशाख ३० गते भएतापनि विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै जेठ ३ गते शनिबारका दिन निर्णय भएको ।af648963-1b19-4ca2-80dc-7f813be06400.jpeg

     


    तेस्रो आँखा