ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, ५ जना घाइते 

ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, ५ जना घाइते 


  • 9.3K
    SHARES
    • चैत्र ७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु, ५ जना घाइते 

    काठमाडौं, ७ चैत । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

    images

    आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको दुर्घटनामा परी सुर्नया–३ का २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । 

    गम्भीर घाइते भएकी चन्दलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले जानकारी दिए । 

    मिनी ट्रकमा सवार पाँच जना घाइते भएका छन् । सुर्नया गाउँपालिका–३ का ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट,  ३३ वर्षीया कलावती भट्ट, सुर्नया–३ कै २८ वर्षीया निर्मला चन्द र ३३ वर्षीया पार्वती बिष्ट घाइते भएका छन् ।  

    माधवी, वसन्ती र कलावतीलाई डडेल्धुरा लगिएको छ भने निर्मला र पार्वतीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा भइरहेको छ । 

    लिपपोतको लागि रातो माटो लैजानको लागि उनीहरु पाटन आएको प्रहीले जनाएको छ ।  मिनीट्रक चालक पाटन–४ का वीरेन्द्र खत्री फरार छन् ।  

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप