• ट्रेण्डिङ्ग :
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने


  • 4.6K
    SHARES
    • बैशाख २८, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.0K Views

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने

    काठमाडौँ, २८ बैशाख  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् नेपाल सरकारका पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने भएको छ । 

    images

    न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो । 

    न्यायाधीश पोखरेलले अधिवक्ता हुँदा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा लामिछानेका तर्फबाट बहस गरेका थिए ।  यस्तै अन्य मुद्दामा पनि पोखरेल लामिछानेका कानुनी सल्लाहकार रहेकोले मुद्दा हेर्न नकिल्नेमा परेको हो । 

    गएको वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।


    तेस्रो आँखा