• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री आचार्यद्धारा स्वागत

प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री आचार्यद्धारा स्वागत


  • 5.2K
    SHARES
    • बैशाख २९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.1K Views

    प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री आचार्यद्धारा स्वागत

    दाङ, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो ।

    images

    २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । 496095480_122159245262481359_8188824927387496716_n.jpg496006141_122159245364481359_1641595168874756197_n.jpg

    लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रमले जनाएको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

    496133619_122159245454481359_6627914654066060338_n.jpg


    तेस्रो आँखा