• ट्रेण्डिङ्ग :
हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली

हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली


  • 5.2K
    SHARES
    • बैशाख २९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 8.0K Views

    हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली

    लुम्बिनी, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताउनु भएको छ ।

    images

    आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताउनु भएको हो ।

    प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिनुभयाे। उहाँले भन्नुभयो,‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ ।’

    प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

    भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै उहाँले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनुभयो ।

    बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

     


    तेस्रो आँखा