• ट्रेण्डिङ्ग :
बुद्धका शिक्षा अपनाउँदा कल्याण हुन्छ : प्रधानमन्त्री ओली

बुद्धका शिक्षा अपनाउँदा कल्याण हुन्छ : प्रधानमन्त्री ओली


  • 2.6K
    SHARES
    • बैशाख २९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.0K Views

    बुद्धका शिक्षा अपनाउँदा कल्याण हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शिक्षालाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।

    images

    २५ सय ६९ औँ बुद्धजयन्तीका अवसरमा आज स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा उहाँले आफू पहिले प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्म क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको बताउनुभयो ।

    उहाँले बुद्धको जन्मका आधारमा २५६९ औँ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तीथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गर्नुभयो । “बुद्धका शिक्षाहरू सरल र स्पष्ट छन् ।

    विश्वमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरू शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, असल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पनि बुद्धका मुख्य उपदेशहरूमा भिन्नता छैन । बुद्धका ज्ञानहरू विस्तारका क्रममा त्रिपिटक ९विनयपिटक, सूत्रपिटक र धम्मपिटक० मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरू अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरू गर्दै जानुपर्ने छ ।”

    प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिनुभएको थियो । बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्कनुभएको थियो ।


    तेस्रो आँखा