• ट्रेण्डिङ्ग :
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी

टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी


  • 3.3K
    SHARES
    • बैशाख ३०, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी

    काठमाडौँ, ३० बैशाख । नेपाली काँग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल ९तुलसीपुर एयरपोर्ट० लाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनु भएको छ ।

    images

    प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनु भएको हो । उहाँले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाउनुभएको हो ।

    उहाँले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशकै दोस्रो पुरानो विमानस्थल टरिगाउँ विमानस्थललाई नेपालगन्ज र सुर्खेत विमानस्थलको विकल्पको रुपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको विमानस्थल स्तरोन्नति गर्ने विषय नाटकीय ढंगले नहराओस् भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले भन्नुभयो ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौं । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने पनि त्यो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । तीन अर्ब ४२ करोड विनियोजन हुनुप¥यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आएपनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गर्नुभयो ।

     


    तेस्रो आँखा