• ट्रेण्डिङ्ग :
सरकारसँग सर्वोच्चले रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण माग्याे

सरकारसँग सर्वोच्चले रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण माग्याे


  • 4.4K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.7K Views

    सरकारसँग सर्वोच्चले रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण माग्याे

    काठमाडौं, ३१ बैशाख । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण मागेको छ ।

    images

    मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गर्दै सरकारसंग सर्वोच्चले सरकारसंग कारण मागेको हो ।

    न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको हो ।

    मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन् ।

    १५ चैतमा तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । मंगलबार जिल्ला अदालत काठमाडौंले पाँच दिन पुनः म्याद थपेको छ ।


    तेस्रो आँखा