• ट्रेण्डिङ्ग :
‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ’

‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ’


  • 1.9K
    SHARES
    • जेठ २, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 2.9K Views

    ‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ’

    काठमाडौँ, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    images

    सगरमाथा संवादको पूर्वसन्ध्यामा डा। गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी स् जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तकको बिहीबार लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति होउन् भनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    “धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतरामा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरूको चेहरामा हाँसो हुनुपर्छ ।”

    प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताउनुभयो ।

     कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्रमन्त्री डा। विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा। सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।

     

     


    तेस्रो आँखा