• ट्रेण्डिङ्ग :
हिमाल जोगाउनु नै सृष्टि जोगाउनु  : प्रधानमन्त्री ओली

हिमाल जोगाउनु नै सृष्टि जोगाउनु  : प्रधानमन्त्री ओली


  • 2.7K
    SHARES
    • जेठ ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.1K Views

    हिमाल जोगाउनु नै सृष्टि जोगाउनु  : प्रधानमन्त्री ओली

    काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।

    images

    नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र(इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गर्नुभयो ।

    “आशा गर्छौं, यो संवाद(त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।”


    तेस्रो आँखा