तुलसीपुरमा ४६ हजार बढि रकम सहित ९ जना जुवाँडे पक्राउ

तुलसीपुरमा ४६ हजार बढि रकम सहित ९ जना जुवाँडे पक्राउ


  • 7.1K
    SHARES
    • जेठ ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.9K Views

    तुलसीपुरमा ४६ हजार बढि रकम सहित ९ जना जुवाँडे पक्राउ

    तुलसीपुर, २ जेठ । दाङको तुलसीपुरमा ४६ हजार बढि रकम सहित ९ जना जुवाडेहरु पक्राउ परेको छन । शुक्रबार साझ तुलसीपुर-५ न्युरोड स्थित मीन बहादु घर्तीकाे घरमा अबैध रुपमा जुवाँ खेलिरहेकाे अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    पक्राउ पर्नेमा सल्यान घर भइ तुलसीपुर-५ मा बस्ने ४६ बर्षिय मिन हादुर घर्ती, तुलसीपुर-५ निवासी ५१ बर्षिय  बहादुर शाही, साेही निवासी ४४ बर्षिय निम बहादुर भण्डारी, ४० बर्षिय बिष्नु प्रशाद नेपाली, ३७ बर्षिय विश्व डाँगी, ४३ बर्षिय डिल्ली बहादुर नेपाली,४८ बर्षिय ओमबहादुर थापा, सल्यान घर भइ हाल तुलसीपुर - बस्ने ४० बर्षिय शेरबहादुर घर्ती र तुलसीपुर-५ निवासी ४२ बर्षिय प्रकाश भुसाल रहेका छन।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जुवाँ खेलिरहेकाे सुचना प्राप्त भइसकेपछि साथ तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको बिशेष प्रहरी टोलीले जुवाको खाल बाट नगत रु.४६ हजार ६ सय ४५ रुपैया सहित उक्त व्यक्तिहरु पक्राउ परेका हुन।

    त्यस्तै ३ गड्डी तास सहितउनिहरलाई नियन्त्रणमा लिइएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # ९ जना जुवाँडे पक्राउ

  • तेस्रो आँखा