आजकाे प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

आजकाे प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने


  • 5.5K
    SHARES
    • जेठ ७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.5K Views

    आजकाे प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

    काठमाडौँ,  जेठ ६ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । 

    images

    यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • तेस्रो आँखा