• ट्रेण्डिङ्ग :
आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री 

आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री 


  • 7.0K
    SHARES
    • मंसिर १०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री 
    काठमाडौं, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देवाउले आज शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने हुनु भएकाे छ । 
     
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयाे ।

    देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनु भएकाे हाे ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।  

    गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उक्त ध्यानाकर्षणपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाउने कार्यक्रम रहेको श्रेष्ठले बताउनुभयाे ।