• ट्रेण्डिङ्ग :
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ


  • 3.9K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.0K Views

    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

    काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ ।

    images

    मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलास बसेका कारण प्रभावित भएको थियो । आज न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथिको सुनुवाइलाई निरन्तरता दिनेछ ।

    पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उहाँकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी हुन् । लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । अदालतले यस विषयमा के निर्णय दिन्छ भन्नेमा सबैको चासो रहेको छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा