• ट्रेण्डिङ्ग :
सहकारीको ऋण नतिरेर फरार भएका कृष्ण अर्याल पक्राउ

सहकारीको ऋण नतिरेर फरार भएका कृष्ण अर्याल पक्राउ


  • 2.3K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    सहकारीको ऋण नतिरेर फरार भएका कृष्ण अर्याल पक्राउ

    काठमाडौ , ८ जेठ । सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् ।

    images

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले बताएको छ ।

    उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो । तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

     


    तेस्रो आँखा