• ट्रेण्डिङ्ग :
दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


  • 4.5K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.0K Views

    दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं, ८ जेठ । काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    images

    जिल्ला अदालत काठमाडौंले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनुभयो ।

    ‘अनुसन्धान अझै सकिएको छैन। त्यसैले थप दुई दिनको म्याद पाएका छौं,’ उहाँले भन्नुभयो । परिसरले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।

    यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन् । जसमध्ये प्रसाईंसहित २६ जनाविरूद्ध राज्यविरूद्धको कसुर, संगठित अपराधमा अनुसन्धान भइरहेको हो । बाँकी २७ जनामाथि आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको हो ।

    प्रहरीले केही दिनमै सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाउँदैछ । उक्त प्रतिवेदन बुझाएसँगै सरकारी वकिलले अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।

    यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन् ।


    तेस्रो आँखा