• ट्रेण्डिङ्ग :
लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्दाहेर्दैमा

लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्दाहेर्दैमा


  • 4.9K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 7.5K Views

    लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज पनि हेर्दाहेर्दैमा

    काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    images

    समय अभावका कारण आज बहस नसकिएपछि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमाथि मङ्गलवारदेखि सुनुवाइ जारी छ ।

    बुधबार न्यायाधीश सुवेदीको संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।

    त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन् । बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

     

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा