• ट्रेण्डिङ्ग :
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी, निष्कर्षमा पुग्ने तयारी

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी, निष्कर्षमा पुग्ने तयारी


  • 5.7K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 8.8K Views

    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ जारी, निष्कर्षमा पुग्ने तयारी

    काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक ९डीआईजी० छविलाल जोशीले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइ आज शुक्रबार पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ । बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त निवेदनमाथि आज पुनः सुनुवाइ हुन लागेको हो ।

    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको यो सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’ मा पर्दै आएको छ । बुधबार संवैधानिक इजलासका कारण पेसी स्थगित भएको थियो ।

    मंगलबार सभापति लामिछानेको पक्षबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस नसकिएपछि बिहीबार पुनः सुनुवाइ भएको थियो । बिहीबार लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जनाले बहस गर्ने जानकारी इजलासलाई गराइएको छ ।

    आज जाहेरवालाको बहस सकिएपछि लामिछानेका कानुन व्यवसायीले जवाफी बहस गर्ने उहाँका कानुन व्यवसायी डा। नारायण कँडेलले जानकारी दिए । उनका चिया समयअघि नै सम्पूर्ण बहस सकिने र आजै आदेश आउन सक्ने अपेक्षा छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने र जोशीकोतर्फबाट गैरकानूनी थुनामा राखिएको भन्दै रिट दायर भएको थियो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा