• ट्रेण्डिङ्ग :
सर्वोच्चले भन्यो– सहकारी ठगीमा रवि लामिछाने संलग्न छन् (पूर्णपाठ)

सर्वोच्चले भन्यो– सहकारी ठगीमा रवि लामिछाने संलग्न छन् (पूर्णपाठ)


  • 8.8K
    SHARES
    • जेठ ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 13.5K Views

    सर्वोच्चले भन्यो– सहकारी ठगीमा रवि लामिछाने संलग्न छन् (पूर्णपाठ)
     

    काठमाडौं, १० जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

    images

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानूनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो ।

    गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रवार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

    यससँगै जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।

    जिल्ला अदालतले सफाइ दिए मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

    सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए ।

     
     

    सर्वोच्चले भन्यो– सहकारी ठगीमा रवि लामिछाने संलग्न छन् (पूर्णपाठ)

     
     
     

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानूनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो ।

    गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रवार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको सर्वाेच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

    यससँगै जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।

    जिल्ला अदालतले सफाइ दिए मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।

    सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए ।

     
     
     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा