• ट्रेण्डिङ्ग :
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


  • 3.8K
    SHARES
    • जेठ ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 5.8K Views

    दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासी, जेठ १० ।  गएरातीको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो ।

    images

    केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

    सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन।  सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरु अलपत्रमा परेका छन् । 


    तेस्रो आँखा