• ट्रेण्डिङ्ग :
२०८४ को चुनाव पर्खिरहेका छौँ, सत्ताको अंकगणितमा छैनौँ : वर्षमान पुन

२०८४ को चुनाव पर्खिरहेका छौँ, सत्ताको अंकगणितमा छैनौँ : वर्षमान पुन


  • 1.7K
    SHARES
    • जेठ ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 2.7K Views

    २०८४ को चुनाव पर्खिरहेका छौँ, सत्ताको अंकगणितमा छैनौँ : वर्षमान पुन

    पाल्पा, १० जेठ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले माओवादी केन्द्र सत्ताको अंकगणितको खेलमा नभइ आगामी प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित रहेको दाबी गर्नुभएको छ ।

    images

    शुक्रबार पाल्पाको रम्भा र पूर्वखोला गाउँपालिकामा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै पुनले माओवादीले २०८४ सालको निर्वाचनलाई लक्ष्य बनाएर जनतासँग पुनः सम्पर्क विस्तार गरिरहेको बताउनुभयो । ‘हामी सत्ताको गणीतय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ,’ पुनले भन्नुभयो, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ । गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ । गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ ।’

    उपन्यायाधीशदेखि राजदूतसम्म बनिसकेका र निजी शैक्षिक संस्थाबाट शिक्षा लिएका धनी तथा प्रभावशाली वर्गले समावेशीताको नाममा दोहोर्‍याएर सुविधा लिने प्रवृत्तिप्रति पुनले गम्भीर आपत्ति जनाउनुभयो । ‘प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव, सहसचिव भइसकेकाहरूले र निजी शैक्षिक संस्थाबाट राम्रो शिक्षा पाएकाहरूले समावेशीतामा अवसर पाउनुहुन्न,’ पुनले भन्नुभयो, ‘गरिब, किसान, ग्रामीण क्षेत्रका जनजाति, दलित, मधेसी, महिला र पिछडिएको समुदायलाई नै प्राथमिकता दिनुपर्छ ।’

    पुनले माओवादी जनयुद्धको उपलब्धिबारे स्मरण गर्दै सामन्ती एकात्मक राज्यसत्ताबाट पछाडि पारिएका वर्गलाई मूल धारमा ल्याउन संघर्ष गरिएको बताउनुभयो । निजामती प्रशासनमा २८ हजार महिलाको प्रवेश, अड्डा(अदालतमा विविध जातजातिका कर्मचारीको उपस्थिति र भाषिक(सांस्कृतिक विविधतालाई राष्ट्रले अंगीकार गर्नु जनयुद्धकै उपलब्धि भएको उहाँको भनाइ थियो ।


    तेस्रो आँखा