• ट्रेण्डिङ्ग :
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन, छानबिनमा सघाउँछौं : गृह मन्त्रालय

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन, छानबिनमा सघाउँछौं : गृह मन्त्रालय


  • 7.5K
    SHARES
    • जेठ ११, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 11.6K Views

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन, छानबिनमा सघाउँछौं : गृह मन्त्रालय

    काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ ।

    images

    शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो जनाएको हो ।

    उक्त विज्ञप्तिमा भनिएको छ ‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ ।’

    पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य ब्यहोरा सबैको जानकारीमा आउने बताइएको छ ।

    आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने उल्लेख गरिएको छ ।griha-press-release.jpggriha-press-release.jpg


    तेस्रो आँखा