• ट्रेण्डिङ्ग :
‘सत्यका लागि सुकरातले विष पिएझैँ लड्छौँ’: सांसद शर्मा

‘सत्यका लागि सुकरातले विष पिएझैँ लड्छौँ’: सांसद शर्मा


  • 4.7K
    SHARES
    • जेठ १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.2K Views

    ‘सत्यका लागि सुकरातले विष पिएझैँ लड्छौँ’: सांसद शर्मा

    काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आफूलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आएपछि कांग्रेस सांसद डा.सुनिल शर्माले कडा प्रतिक्रिया जनाउनु भएको छ।

    images

    उहााले युग परिवर्तन गर्न, सत्य र न्यायका लागि जनक सुकरातले हेमलट विष पिएर लड्ने बताउनु भएको हो ।आज बसेको कांग्रेस पदाधिकारी बैठकमा डा शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा. सुनिल शर्मासँग स्पष्टीकरण माग्नुपर्ने प्रस्ताव आएको थियो ।

    नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताउनु भएको थियो । तर, सभापति देउवाले यसबारे कुनै जवाफ नदिएको स्रोतले बतायो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि गृहमन्त्रीको राजीनामा माग गरिएको थियो । तर, आजको बैठकले लेखकको संलग्नता पुष्टि नभएको भन्दै अफवाहकै भरमा राजीनामा माग्न नमिल्ने निष्कर्ष निकालेको छ ।


    तेस्रो आँखा