काठमाडौं, १२ जेठ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनु भएको छ ।
नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आफू स्पष्ट भएको बताउनुभयो ।
नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनुभयो । ‘एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनिल र राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरूसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ’ उहाँले भन्नुभयो ।
