• ट्रेण्डिङ्ग :
रास्वपा संसदीय दलको बैठक : गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय

रास्वपा संसदीय दलको बैठक : गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय


  • 2.4K
    SHARES
    • जेठ १३, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    रास्वपा संसदीय दलको बैठक : गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय

    काठमाडौँ, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसद‍्बाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ ।

    images

    सिंहदरबारमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    उहाँले सदनमा सांसदहरुले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । पहिला तथ्यका साथ आफुहरुले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने झाले बताउनुभयो ।

    उहाँले कांग्रेस नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा क्लीन चीट दिने अधिकार कांग्रेस पदाधिकारीलाई नरहेको तर्क गर्नुभयो । 

    उहाँले भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि कांग्रेसले सहजीकरण गर्नुपर्ने बताए । यसअघि आफ्ना नेतामाथि प्रश्न उठ्दा कांग्रसले २२ पटक सदन अवरोध गरेको विषय पनि सदनमार्फत स्मरण गराइने उहाँले बताउनुभयो। उहाँले अरु दल भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने धारणा राख्नुभयो ।


    तेस्रो आँखा