• ट्रेण्डिङ्ग :
संसद्‍मा विपक्षीको हगंमा, बैठक आधा घण्टा स्थगित

संसद्‍मा विपक्षीको हगंमा, बैठक आधा घण्टा स्थगित


  • 4.1K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.3K Views

    संसद्‍मा विपक्षीको हगंमा, बैठक आधा घण्टा स्थगित

    काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

    images

    उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राखेका छन् । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले उक्त प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै उनको सचिवालयको प्रत्यक्ष संलग्नताको दाबी गरेपछि विपक्षी दलका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।

    उपमहासचिव पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य आरोपितका रूपमा किटान गरेका अध्यागमन विभागका कर्मचारी तीर्थ भट्टराईलाई गृहमन्त्रीकै प्रत्यक्ष अग्रसरतामा विमानस्थलमा खटाइएको जिकिर गरेका थिए । उहाँले भन्नुभयो, ‘यो प्रकरण सामान्य भ्रष्टाचार मात्र नभएर संगठित मानव तस्करीसँग जोडिएको छ र यसमा गृहमन्त्रीको सचिवालय प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ । यस्तो अवस्थामा निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ ।’

    पुनको अभिव्यक्तिलगत्तै रास्वपा र राप्रपालगायतका विपक्षी सांसदहरूले आ(आफ्नो स्थानबाट उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने अडान लिएका थिए । लगातारको होहल्ला र नाराबाजीका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन् ।

     


    तेस्रो आँखा