• ट्रेण्डिङ्ग :
गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग नबनेसम्म संसद चल्न सक्दैन : रास्वपा

गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग नबनेसम्म संसद चल्न सक्दैन : रास्वपा


  • 7.2K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 11.1K Views

    गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय आयोग नबनेसम्म संसद चल्न सक्दैन : रास्वपा

    काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।

    images

    प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेर्नुभएको हो।

    उहाँले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गर्नुभयो । साथै उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन शुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्युसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ । तर हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पती शुद्धीकरणसँग जोडिएर छानविन गर्न एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद चल्न सक्दैन ।’

    गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले नारावाजी गरेपछि मंगलवारको भसाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

     

     


    तेस्रो आँखा