• ट्रेण्डिङ्ग :
राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने

राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने


  • 10.5K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 16.1K Views

    राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने

    काठमाडौं, १३ जेठ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ ।

    images

    मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ । साथै आज बसेको संसदीय दलको बैठकले सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरु मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्रीले त्यो अभिव्यक्तिको जवाफ माग्ने ।’

    बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरु मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको हो ।


    तेस्रो आँखा