काठमाडौं, १३ जेठ । आधा घण्टाका लागि रोकिएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । बिहान ११ बजे सुरु भएको बैठक रास्वपा लगायत विपक्षदलहरुको विरोधका कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।
उक्त समयमा पनि बैठक बस्न नसकेपछि बैठक दिउँसो साढे २ बजेका लागि तय गरियो । तर, साढे तीन भइसक्दा पनि बैठक बस्न सकेको छैन ।
अवरोध प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुखले सहरीकरणका लागि छलफल बोलाउनु भएको हो ।
सभामुख, उपसभामुख र दलका प्रमुख सचेतकबिच छलफल जारी छ ।
