• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका २८ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २८ निर्णय (सूचीसहित)


  • 4.5K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 6.9K Views

    मन्त्रिपरिषद् बैठकका २८ निर्णय (सूचीसहित)

    काठमाडौँ, जेठ १३ गते। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत्  सञ्चारमन्त्री गुरुङले सार्वजनिक गर्नुभएको हो । 

    images

    सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपियाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ । सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

    त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा। कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गरेको छ । सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश स्वीकृति दिने, सार्वजनिक सेवा प्रशारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । 1_337.jpg2_336.jpg3_276.jpg


    तेस्रो आँखा