• ट्रेण्डिङ्ग :
प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग


  • 3.3K
    SHARES
    • जेठ १५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.1K Views

    प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

    काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

    images

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो ।

    बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले गृहमन्त्रीले राजीनामा नदिँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो ।

    विपक्षी दलको बैठक चलीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा टेलिफोन वार्ता भएको उहाँले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लेखकको राजीनामा

  • तेस्रो आँखा