काठमाडौं, १४ जेठ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ फिर्ता बोलाएको छ ।
सरकारले प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो ।
प्रमुख सचेतक शाहीले आफूहरूको सुरक्षा फिर्ता भएको जानकारी दिनुभयो । उहाँले पिएसओ फिर्ता भएको विषयमा आपत्ति नभएको तर फिर्ता हुनुको कारण थाहा नपाएको बताउनुभयो ।
‘पिएसओ फिर्ता भएका छन्, यो मलाई आपत्तिको विषय चाहिँ होइन,’ उहाँले भन्नुभयो, ‘किन फिर्ता भए पनि थाहा भएन ।’
