• ट्रेण्डिङ्ग :
काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त, रत्नपार्क क्षेत्रको सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त, रत्नपार्क क्षेत्रको सुरक्षा व्यवस्था कडा पारियो


  • 4.3K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त, रत्नपार्क क्षेत्रको सुरक्षा व्यवस्था कडा पारियो

    काठमाडौं, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा काठमाडौँ उपत्यकामा आयोजना हुने विभिन्न कार्यक्रमका कारण ट्राफिक व्यवस्थापनमा फेरबदल गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । सैनिक मञ्च टुँडिखेल वरिपरिको सडकमा बिहान १० बजेदेखि नै ट्राफिक डाइभर्सन लागू हुने भएको छ ।

    images

    गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति छ । राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुगेलगत्तै सुरु विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शनका कारण मूल सडकको सवारी आवागमन बन्द गरिएको छ ।

    राष्ट्रपति पौडेल करिब ११ बजे टुँडिखेलबाट फर्किएपछि सत्तारुढ नेकपा एमालेले सोही क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेको कार्यक्रमका कारण त्यसपछिको करिब ३ घण्टासम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने ने उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

    अर्कोतर्फ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादी शक्तिहरूले पनि आजै रत्नपार्क केन्द्रित प्रदर्शन गर्ने भएका छन् । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ । राप्रपाको प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिइने सुरक्षा नीति अख्तियार गरिएको छ ।

    ट्राफिक प्रमुख घिमिरेका अनुसार राप्रपाले गर्ने कार्यक्रममा सडक अवरोध नहुने गरी व्यवस्थापन मिलाइएको जानकारी प्राप्त भएकाले दिउँसो २ बजेपछि सडक खुला हुने अपेक्षा गरिएको छ । तथापि, कुनै अवरोध आएमा बढीमा ४ बजेसम्म उक्त सडकमा सवारी आवागमन प्रभावित हुन सक्नेछ ।

    सडक बन्द भएको समयमा सवारी साधन सञ्चालनका लागि पुतलीसडक(जय नेपाल हल तथा कालिकास्थान(चारखाल सडकको रुटलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

    सुरक्षा व्यवस्था कडा
    एमालेको कार्यक्रम र राजावादीहरूको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा उल्लेख्य कडाइ गरिएको छ । सम्भावित अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । संवेदनशील मानिएका ती क्षेत्रहरूमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

    एमालेले भृकुटीमण्डपमा बिहान ११ बजेदेखि कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीहरूको प्रदर्शन रत्नपार्क क्षेत्रमा केन्द्रित हुनेछ । परस्पर विरोधी विचारधारा बोकेका समूहहरूको कार्यक्रम एकै समय आसपास हुन लागेकाले प्रशासनले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको हो । आम नागरिकलाई अनावश्यक रूपमा ती क्षेत्रमा नजान र वैकल्पिक मार्ग प्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।


    तेस्रो आँखा