• ट्रेण्डिङ्ग :
गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, विपक्षीका माग पूर्वाग्रही र निराधार : प्रधानमन्त्री ओली

गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, विपक्षीका माग पूर्वाग्रही र निराधार : प्रधानमन्त्री ओली


  • 5.2K
    SHARES
    • जेठ १८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 8.0K Views

    गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, विपक्षीका माग पूर्वाग्रही र निराधार : प्रधानमन्त्री ओली

    काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा भएको भनिएको अनियमितता प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुलाई “नितान्त पूर्वाग्रहपूर्ण, निराधार र अनुचित” कदमको संज्ञा दिनुभएको छ। शनिबार १३ औं कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि आयोजित एक छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गृहमन्त्रीको बचाउ गर्दै उहाँले कुनै पनि हालतमा राजीनामा दिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।

    images

    विपक्षी दलहरूले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै निरन्तर संसद् अवरुद्ध गरिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यो कडा अभिव्यक्ति आएको हो। उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै पनि प्रकारको संलग्नता नरहेको र उहाँमाथि कुनै किसिमको औपचारिक आरोप वा छानबिनसमेत नभएको जिकिर गर्नुभयो।

    “गृहमन्त्रीमाथि कुनै आरोप वा केही पनि छैन। यो कुनै मुद्दा मामिला पनि भएको विषय होइन। यो वास्तवमा कुनै ‘इस्यु’ नै होइन,” प्रधानमन्त्री ओलीले दृढतापूर्वक भन्नुभयो, “यस्तो अवस्थामा गृहमन्त्रीको राजीनामा माग गर्नु नितान्त पूर्वाग्रहपूर्ण, निराधार र अनुचित क्रियाकलाप हो। त्यसकारण, यस्ता अनुचित क्रियाकलापलाई सरकारले साथ दिन सक्दैन। गृहमन्त्रीले राजीनामा गर्नुपर्दैन, र गर्नुहुन्न।”

    प्रधानमन्त्रीले विपक्षी दलहरूले केवल आफ्नो राजनीतिक अस्तित्व देखाउनका लागि मात्र गृहमन्त्रीमाथि यस्ता आधारहीन आरोपहरू लगाएको टिप्पणी गर्नुभयो। उहाँले गृह मन्त्रालय मातहतको कुनै एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछका लागि बोलाउँदैमा त्यसको सम्पूर्ण जिम्मेवारी लिएर मन्त्रीले नै राजीनामा दिनुपर्ने कुनै तर्कसंगत कारण नरहेको बताउनुभयो।

    “विपक्षीहरू तर्कहीन ढंगले प्रस्तुत भइरहेका छन्। मानौं कि यो ३५ किलो सुन तस्करी गरेजस्तै कुनै ठूलो र गम्भीर विषय हो,” प्रधानमन्त्रीले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “गृह मातहतको कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो, अनि त्यसैका आधारमा गृहमन्त्रीले राजीनामा दिनैपर्‍यो? अख्तियारले किन सोध्यो, के सोध्यो, त्यो त कसैलाई थाहा छैन।” उहाँले कर्मचारी आफ्नो कामप्रति स्वयं जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो।

    विपक्षी दलहरूले संसद्‌मा प्रस्तुत गरिरहेका मागहरूलाई “आधारहीन” को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले थप कटाक्ष गर्नुभयो, “आफ्नो अस्तित्व प्रकट गर्न यति कमजोर भइसक्नुभयोरु राजनीतिक पार्टीहरूले आफ्नो उपस्थिति देखाउनका लागि कुनै ठोस आधार नभए पनि चिच्याइहाल्नुपर्ने स्थिति आएको हो? म त यसमा कुनै तुक देख्दिनँ।”

    उहाँले केही “ठूला महानुभावहरू”ले समेत यो राजीनामा दिनैपर्ने विषय हो, राजीनामा नगराई नछाड्ने, यो नै “बटम लाइन” हो भनिरहेको सन्दर्भ उल्लेख गर्दै प्रश्न गरे, “के यस्तो बटमलाइन पूरा हुन्छ त?”

    आफ्नो तर्कलाई थप प्रस्ट्याउन उनले रोचक उपमा प्रयोग गर्नुभयो, “म तपाईंहरूलाई भन्न चाहन्छु, कसैले झोला किनिदेऊ भन्यो भने किनिदिन सकिन्छ। हात्ती किनिदेऊ भन्यो भने अलि महँगो पर्ला, तर त्यो पनि किनिदिन सकिएला। तर, अब झोला थापेर त्यसमा हात्ती हालिदे, हात्ती हालिदे भन्न थालियो भने, तपाईंले आफ्नो छोरालाई जतिसुकै माया गरे पनि उसको झोलामा सक्कली हात्ती हाल्न सक्नुहुन्न। त्यसकारण, तपाईंले खेलौना हात्ती नै खोज्नुभएको हो भने त हाल्दिउँला, तर वास्तविक हात्ती झोलामा अँट्छ ररु यस्तै असम्भव मागहरू गर्नु हुँदैन।”

     


    तेस्रो आँखा