• ट्रेण्डिङ्ग :
आज वर्षा हुने सम्भावना

आज वर्षा हुने सम्भावना


  • 7.7K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    आज वर्षा हुने सम्भावना

    काठमाडौं, ८ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली छ ।

    images

    दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा