• ट्रेण्डिङ्ग :
कलश सहकारीको रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

कलश सहकारीको रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न


  • 6.9K
    SHARES
    • जेठ १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 10.6K Views

    कलश सहकारीको रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

    दाङ, जेठ २८ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा उपसमितिको आयोजनामा सहकारी शिक्षा कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । 

    images

    शिक्षा उपसमितिका संयोजक केशव रिजालको सभापतित्व एवं घोराही उप(महानगरपालिका सहकारी तथा रोजगार प्रवद्वन शाखा प्रमुख प्रेम बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि केसीले देशभरका सहकारी सस्थाका अवस्था, बर्तमान अवस्थाका सहकारीको नीति, विधि, चुनौती र अवसरका बारेमा प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रम कलश बचत तथा ॠण सहकारी सस्थाका निवर्तमान अध्यक्ष एव सल्लाहकार बालचन्द्र शर्माले कलशको स्थापनाकालदेखि हालसम्मको अवस्था, गरेका कार्य र भावी रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सहभागीले सोही कार्यपत्रमा रहेर आ आफ्नो सल्लाह सुझाव र धारणा राखेका थिए ।अन्तरतक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संथाले सदस्यमैत्री कार्यक्रमहरु घर आगनमै आई सञ्चालनगरेकोमा खुसी ब्यक्त गरेका थिए ।

    कार्यक्रममा संस्थाको अध्यक्ष माधब खनाल,साबिक सर्बोत्तम बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष ध्रुवराज पौडेल,  उपाध्यक्ष चन्द्रावती भण्डारी, साना किसान रामपुरका अध्यक्ष गुरुप्रसाद खनाल, सस्थाका ब्यवस्थापक प्रकाश अधिकारी लगायतका बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य खिमराज खनालले गर्नु भएको थियो ।

     


    तेस्रो आँखा