• ट्रेण्डिङ्ग :
यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय


  • 4.6K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.1K Views

    यातायात व्यवसायीसँगको छलफल सकारात्मक : गृह मन्त्रालय

    काठमाडौं, जेठ १९ । गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिचको सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ ।

    images

    गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो ।

    प्रवक्ता तिवारीले भन्नुभयो, “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।”

    उहाँले बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब, उहाँहरुको बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”

     


    तेस्रो आँखा