• ट्रेण्डिङ्ग :
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री


  • 2.0K
    SHARES
    • जेठ २२, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.0K Views

    कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

    काठमाडौँ, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।

    images

    जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।

    “आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । रासस


    तेस्रो आँखा