साथीको कुटपिटबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा मृत्यु

साथीको कुटपिटबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा मृत्यु


  • 6.9K
    SHARES
    • जेठ २३, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 10.6K Views

    साथीको कुटपिटबाट गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा मृत्यु

    दाङ, २२ जेठ । दाङको तुलसीपुर-९ बेलुवामा दुई किशोरबीच भएको झगडामा गम्भीर घाइते भएका बालकको मत्यु भएको छ ।

    images

    नेपालगञ्ज स्थित नर्सिङ होममा उपचारको क्रममा गम्भीर घाइते भएका रुकुम बाँफिकोट गाउँपालिका स्थायि घर भई हाल तुलसीपुर–८ दूधेनामा बस्दै आएका १४ बर्षीय विराज गिरीको मृत्यु भएको हो ।

    उनको उपचारको क्रममा विहीबार विहान ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सूर्य राणाले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार गिरी र बेलुवा निवासी १५ बर्षीय यज्ञ वलीबीच विवाद पछि झगडा हुँदा गम्भीर घाइते भएका थिए ।

    उनको टाउकोमा गहिरो चोट लागेको थियो । वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा