तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन भने दुईजनाको मृत्युु भएको छ। दंगिशर-२ नारायण भण्डारी र साेही ठाउँकी ३७ बर्षिया सान्ता खड्का चाैधरीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयाे।
उहाँका अनुसार गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लिई अस्पताल १२:४५ मा मृत्यु घाेषना गरेको हाे । बबस सडकदेखि करिब ४/५ मिटर तल खसेको छ ।
आइतबार राप्ती राजमार्ग अन्तर्गत गाेलटाकुरीबाट तुलसीपुर तर्फ आउदै गरेको यात्रुबाहक बस र ज्ञानज्याेति स्कुलका विद्यार्थी छाेडेर फर्किदै गरेको खाली बस एकआपसमा ठाेकिएर दुर्घटना भएको हाे । बस दुर्घटना ११ बजे भएको थियोे ।
दंगिशरण-२ निवासी २५ बर्षिया मनिसा बस्नेत, साेही निवासी ५२ बर्षिया गाेमा सार्की, ३४ बर्षिया किसिता पुन, ३२ बर्षिया सिमा पुन, ६० बर्षिया मातिसरा सुनार , । २७ बर्षिया कमला नेपाली, ८ बर्षिया शंकर नेपाली र ९ बर्षिया शुसान्त नेपाली रहेका छन ।
साथै दंगिशरण-२ भण्डारी, नामथर वतन नखुलेको , ४१ बर्षिया नोखीराम विक,४८ बर्षिया कुसल बिक, २५ बर्षिया ललिता सुनार, ४५ बर्षिया कमला नेपाली, २३ बर्षिया अमृत कुसारी र ४५ बर्षिया पार्वति नेपाली घाइते भएका छन ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
