• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन


  • 1.8K
    SHARES
    • जेठ २७, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 2.8K Views

    प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन

    काठमाडौँ, जेठ २६ । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो । 

    images

    संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।  “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ । 

     


    तेस्रो आँखा