• ट्रेण्डिङ्ग :
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर


  • 4.2K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.4K Views

    अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

    एजेन्सी, २८ जेठ । अमेरिकी क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ । यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गरेको छ ।

    images

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य गर्न ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको बताउनुभयो ।

    ट्रम्पले अनावश्यक रूपमा लस एन्जलस क्षेत्रमा अराजकता र हिंसा बढाएको आरोप लगाउनु भएको थियो । शुरुमा आप्रवासन प्रवर्तन अपरेशनको प्रतिक्रियामा विरोध प्रदर्शन शुरु भएको थियो ।

    प्रशासनका अधिकारीहरूले लस एन्जलस, शिकागो र न्यूयोर्क लगायत प्रमुख प्रजातान्त्रिक नेतृत्वका शहरहरूमा आफ्नो प्रयास केन्द्रित गरेका छन् । विरोधका बीच ट्रम्पले गत शनिवार २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिनुभयो ।


    तेस्रो आँखा