• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकको बैठक

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकको बैठक


  • 6.5K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 10.0K Views

    प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकको बैठक

    काठमाडौँ, जेठ २८ । प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । 

    images

    सङ्घीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भइरहेको नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । सहमतिका लागि चरणबद्ध छलफल भइरहे पनि अहिलेसम्म सहमति जुटिनसकेको उहाँले बताउनुभयो ।

    बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्छ ।

    बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक दिउँसो ३ः१५ बजेका लागि सरेको छ ।  दलहरुबीच सहमति जुट्न नसक्दा बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भइरहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।


    तेस्रो आँखा