पत्रकार दिलभुषणमाथि गरिएको दमन सत्ताको दुरुपयोग हो :  सोबिता गौतम

पत्रकार दिलभुषणमाथि गरिएको दमन सत्ताको दुरुपयोग हो :  सोबिता गौतम


  • 4.5K
    SHARES
    • जेठ ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 6.9K Views

    पत्रकार दिलभुषणमाथि गरिएको दमन सत्ताको दुरुपयोग हो :  सोबिता गौतम

    तुलसीपुर, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद साेबिता गाैतमले पत्रकार दिलभुषण माथि गरिएको दमन सत्ताकाे दुरुपयोग भएको बताउनुभएको छ । बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गाैतमले पत्रकार माथि भएको दमन सत्ताकाे दुरुपयोग भएको बताउनु भएको हाे ।

    images

    उहाँले समाचार लेखेकै भरमा पक्राउ पुर्जी जारी हुने अलाेकतान्त्रिक भएको बताउनुभयो । उहाँले सभापति रबि लामिछानेबाट सुरु भएको दमन पत्रकारसम्म आइपुग्नु भनेको सत्ताको दुरुपयोग हाे भन्ने कुराकाे उल्लेख गर्नुभएको छ ।

    उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ "म पुनः दोस्रो पटक “First They Came” कविता साझा गर्दैछु । किनकी यो कविता ठ्याक्कै नेपाली समाजको यथार्थसँग मेल खान्छ । रबी लामिछानेबाट सुरु भएको अन्यायको श्रृंखला आज दिलभुषण पाठकमाथि झरेको छ। सत्ताले मौन समाजको नाडी छामिसकेको थियो। कानुनको आवरणमा प्र'तिशोध लिने सत्ताको प्रवृत्ति यही कारणले संस्थागत हुँदै गएको हो भन्नेमा कुनै दुईमत छैन।

    त्यसैले कानुनलाई ह'तियार बनाएर, प्रतिरोधका स्वरहरू दबाउने दमनकारी राजनीतिको म घोर भर्त्सना गर्दछु। व्यक्तिप्रति धारणा फरक–फरक हुन सक्छ, तर विधीको रक्षा साझा र अविभाज्य दायित्व हो। किनभने यही संवेदनशीलता, यही चेतना नै लोकतन्त्रको मेरुदण्ड हो।

    दिलभुषण पाठकमाथि गरिएको दमन कानुनको आवरणमा गरिएको सत्ताको दुरुपयोग हो। प्रेस काउन्सिलको क्षेत्राधिकार हुन सक्थ्यो तर अन्यथा भयो किनकी यो सत्ताको दमन हो ।"

    सांसद गाैतमले यस्ताे दमन गर्ने सरकारकाे विरुद्धमा आम नागरिकहरुले आवाज उठाउन आवश्यक रहेको बताउनु भएको छ । आआफ्नो ठाउँबाट पत्रकार माथि भएको अन्याय विरुद्धमा आवाज उठाउन आग्रह गर्नुभएको छ ।


    रुपा थापा
    लेखकबाट थप