व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन


  • 11.5K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.7K Views

    व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, ८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राखेर व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । 

    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिञ्य तथा आपुर्ती मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बाेल्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् । 

    ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहास्,’ देउवाले भने ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो, अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउने काम गर्नुपर्छ ।’

    प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन गरे । उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका हुन् । 

    प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि आग्रह गरे । 

     

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप