• ट्रेण्डिङ्ग :
उर्जामन्त्री खड्का र दक्षिण एशिया क्षेत्रीय निर्देशक गुप्ताबिच भेटवार्ता

उर्जामन्त्री खड्का र दक्षिण एशिया क्षेत्रीय निर्देशक गुप्ताबिच भेटवार्ता


  • 1.5K
    SHARES
    • जेठ ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.4K Views

    उर्जामन्त्री खड्का र दक्षिण एशिया क्षेत्रीय निर्देशक गुप्ताबिच भेटवार्ता

    तुलसीपुर, ३० जेठ । जल, सिचाइ तथा उर्जामन्त्री दिपक खड्का र दक्षिण एशिया क्षेत्रिय निर्देशक पङकज गुप्ताबिच भेटवार्ता भएको छ । बिहीबार उर्जामन्त्री दिपक खड्का, विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय निर्देशक पङकत गुप्ता र नेपालस्थित देशीय निर्देशक श्री डेभिड सिस्लेन लगायतका प्रतिनिधिहरुसंग भेटवार्ता भएको थियो ।

    images

    उक्त भेटमा विशेषगरी अप्पर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रियालाई यथाशक्य चाँडो टुंगोमा पुर्‍याउनेबारे छलफल भएको उर्जामन्त्री खड्काले बताउनुभयो । साथै विद्युत् आपूर्ति प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको उहाँको भनाइ छ ।

    FB_IMG_1749796769781.jpg

    नेपालको ऊर्जा विकासमा विश्व बैंकले गर्दै आएको निरन्तर सहयोगप्रति हामी आभारी छौं, उर्जामन्त्री खड्काले भन्नुभयाे, आगामी दिनमा अझ घनिष्ठ सहकार्यको अपेक्षा व्यक्त गर्दछौं। विश्व बैंकले गर्दै आएको सेवाप्रति उर्जामन्त्री खड्काले आभार पनि व्यक्त गर्नुभयो । 

     


    तेस्रो आँखा